काठमाडौं । तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी सुचीकृत हुनेमा सुपर माई हाइड्रोपावर, चिलिमे हाइड्रोपावर र सांग्रिला डेभलपमेन्ट बैंक रहेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत बोनस बापतको १२ लाख ५२ हजार ८ सय ४४ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने सुपर माई हाइड्रोपावरको ७ प्रतिशत बोनस बापतको ३ लाख ५० हजार कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
त्यस्तै, चिलिमे हाइड्रोपावरको १० प्रतिशत बोनस बापतको ७९ लाख ८३ हजार ९ सय ९७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । यसरी तीन कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबार गर्नको लागि योग्य भएका छन् ।