काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । आज कारोबारमा आएका ४०.४७ अंकले बढेर २ हजार ६ सय २३ दशमलव २१ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन ५८ अंक घटेर २६०० विन्दुभन्दा तल झरेको नेप्से, यस दिन बढेर पुनः २६०० विन्दु माथि उक्लिएको छ।
आज कारोबारमा आएका ३ सय ७ स्क्रिपको ४ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
बुधबार २ सय ३१ कम्पनीको शेयर मूल्य बढेको छ । १२ कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक २.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको २२ करोड ९८लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यस दिन माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य सर्वाधिक ५.८५ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन र मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ।


