images
images

निरन्तर दोस्रो दिन पनि बढ्यो नेप्से, एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट


  • 562
    SHARES
  • २०८१ चैत्र १४ गते बिहीबार

    निरन्तर दोस्रो दिन पनि बढ्यो नेप्से, एक कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

    काठमाडौं । साताको अन्तिम दिन विहीबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ४१.६७ अंकले बढेर २ हजार ६ सय ६३ दशमलव ५४ विन्दुमा पुगेको छ । 

    आज कारोबारमा आएका ३ सय ९ स्क्रिपको ५ अर्ब २१ करोड रुपैयाँ बराबरको ९७ लाख ६१ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ४ अर्ब २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    विहीबार कारोबारमा आएका २ सय २७ कम्पनीको शेयर मुल्य बढेको छ । १६ कम्पनीको शेयर मूल्य घटेको छ । 

    यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.०९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लगानी र लघुवित्त उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त, जलविद्युत, जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

    आज सबैभन्दा धेरै हिमालयन रि-इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५१ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज १ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा गुराँस लघुवित्त रहेकाे छ ।त्यस्तै, यस दिन सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। 


    images

    Logo