काठमाडौं । मंगलबार शेयर बजार घटेर बन्द भएको छ अघिल्ला तीन कारोबार दिनदेखि बढीरहेको नेप्से, यस दिन करेक्सन भएर बन्द भएको हो।
आज नेपाल स्टक एक्सेचञ्ज (नेप्से) १५.५७ अंकले घटेर २ हजार ६ सय ७७ दशमलव ५५ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २० स्क्रिपको ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता शेयर किनबेच भएको छ ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार साढे ७ अर्बको शेयर किनबेच भएकाे थियाे ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक ३.८० प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ भने लघुवित्त र अन्य उपसमूहकाे परिसूचक १ प्रतिशतभन्दा बढी घटेकाे छ।
मंगलबार ४२ कम्पनीको शेयर मूल्य बढेर बन्द भएको छ । २ सय १ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको २७ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
मंगलबार एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किक लागेको छ । यसरी सर्किट लाग्नेमा गार्डियन माइक्रो लाइफ इस्योरेन्स रहेका छन् । यस दिन राधी विद्युत कम्पनी, सयपत्री हाइड्रोपावर र विशाल बजार कम्पनीको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ।


