काठमाडौं । चार कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको छ । नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सहित ४ कम्पनीको शेयर सूचीकृत भएको हो ।
यसरी सुचीकृत हुनेमा फरवार्ड माइक्रोफाइनान्स, नेपाल एसविआई बैंक, ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावर रहेका छन् ।
जसमा फरवार्ड माइक्रोफाइनान्सको १३.३० प्रतिशत बोनश वापत १४ लाख ३ हजार ८ सय ९९ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ भने ३.८० प्रतिशत बोनस बापतको ३ लाख ९९ हजार ५७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको १०० प्रतिशत हकप्रद शेयर वापत १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएको छ भने बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद वापत १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।
यी कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएसँगै नेप्सेमा कारोबारको लागि योग्य भएको छ ।


