images
images

२५ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो


  • 525
    SHARES
  • २०८१ चैत्र २० गते बुधबार

    २५ अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

    काठमाडौं । बुधबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार सामान्य अंकको करेक्सन भएर बन्द भएको नेप्से, यस दिन पुनः बढेर बन्द भएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.३१ अंकले बढेर २ हजार ७ सय १ दशमलव ४८ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय १८ स्क्रिपको ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४ लाख कित्ता शेयर कनिबेच भएको छ । 

    आज नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो । 

    १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.४४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशत घटेको छ।

    बुधबार १ सय ६६ कम्पनीको शेयर मूल्य बढेको छ ।  ७८ कम्पनीको शेयर मूल्य घटेको छ । 

    आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज १ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा विशाल बजार कम्पनी रहेको छ । उपकार लघुवित्त वित्तीय संस्थाकाे शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेकाे छ। 


    images

    Logo