images
images

निरन्तर दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब ८४ करोड


  • 581
    SHARES
  • २०८१ चैत्र २१ गते बिहीबार

    निरन्तर दोस्रो दिन पनि बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब ८४ करोड

    काठमाडौं । विहीबार शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.८१ अंकले बढेर २ हजार ७ सय २ दशमलव ८६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय २४ स्क्रिपको ७ अर्ब ८४ करोड रुपैयाँ बराबरको १ करोड ५५ लाख कित्ता शेयर किनबेच भएको छ । 

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार करिब साढे ५ अर्बको शेयर काराेबार भएकाे थियाे ।  विहीबार ९३ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ५१ कम्पनीको शेयर मुल्य घटेको छ । 

    १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६६ प्रतिशत घटेको छ। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन साढे १ प्रतिशत घटेको छ।

    आज सबैभनदा धेरै हिमालयन रि-इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७२ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ५५ करोड ९९लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४२ करोढ ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    यस दिन ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लागेकाे छ । त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावरको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ भने राधी विद्युत कम्पनीको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।

     


    images

    Logo