images
images

बुटवल पावरको एफपीओ निष्कासन रद्द, हकप्रद शेयर निष्कासन गर्ने


  • 299
    SHARES
  • २०८१ चैत्र २५ गते सोमबार

    बुटवल पावरको एफपीओ निष्कासन रद्द, हकप्रद शेयर निष्कासन गर्ने

    काठमाडौं । बुटवल पावर कम्पनीले थप सार्वजिनक निष्कासन (एफपीओ) रद्द गरेर हकप्रद सेयर निष्कासन गर्ने भएको छ। शुक्रबार बसेको कम्पनी सञ्चालक समिति बैठकले एफपीओ निष्कासन प्रक्रिया रद्द गरेर चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो।

    कम्पनीको चुक्ता पुँजी अहिले ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ छ। उसले १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

    विभिन्न आयोजनाहरूमा लगानी गर्न बुटवल पावर कम्पनीले यसअघि १०० रुपैयाँका दरले १ करोड कित्ता एफपीओ निष्कासनको प्रक्रिया अघि बढाएको थियो।

    कम्पनीले अहिले एफपीओ प्रस्ताव रद्ध गरेर हकप्रद सेयर निष्कासनको प्रस्ताव पेस गर्न विद्युत नियमन आयोगको पूर्वस्वीकृति लिने निर्णय गरेको हो।


    images

    Logo