काठमाडौं । सोमबार शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३२.४५ अंकले घटेर २ हजार ६ सय ७० दशमलव ९४ विन्दुमा पुगेको छ ।
आज कारोबारमा आएका ३ सय २२ स्क्रिपको ५ अर्ब ६५ करोड रुपैयाँ बराबरको १ करोड कित्ता शेयर किनबेच भएको छ ।
सोमबार २३ कम्पनीको शेयर मूल्य बढेको छ । २ सय २१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्सको शेयरं कारोबार भएको छ । आज यस कम्पनीको ४३ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । महालक्ष्मी विकास बैंकको २२ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बुटवल पावरको शेयर मूल्य ६.७५ प्रतिशतले बढेको छ ।