images
images

आईपीओ निष्काशनको लागि ट्रेड टावरले पायो धितोपत्र बोर्डबाट अनुमति


  • 391
    SHARES
  • २०८१ चैत्र २५ गते सोमबार

    आईपीओ निष्काशनको लागि ट्रेड टावरले पायो धितोपत्र बोर्डबाट अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट ट्रेड टावरले आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ।

    धितोपत्र बोर्डले आज चैत २५ ट्रेड टावरलाई आईपीओ ल्याउन अनुमति दिएको हो। योसँगै अब कम्पनीले सर्वसाधारणलाई आइपीओ बिक्री खुला गर्नेछ।

    कम्पनीले ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

    कम्पनीले चुक्तापुँजीको ४८.६९६ प्रतिशतबराबरको आईपीओ ल्याउन लागेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८१ करोड ५६ लाख ९ हजार ७ सय रुपैयाँ पुग्नेछ।

    ट्रेड टावरको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

     


    images

    Logo