काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
लघुवित्तले ५१ लाख २९ हजार २ सय ५० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५१ हजार २ सय ९२ कित्ता शेयर निष्काशन गरेको हो। चैत २५ गते, साँझ ५ बजेसम्ममा लघुवित्तको एफपीओमा १६ लाख ९३ हजार ८ सय ५९ जनाले २ अर्ब ९१ लाख २५ हजार रुपैयाँबराबरको १ करोड ९१ हजार २ सय ५० कित्ता शेयरका लागि आवेदन दिएका छन्।
लघुवित्तले बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०७३ को दफा ९ बमोजिम स्वः पूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न सर्वसाधारणमा एफपीओ निष्काशन गरेको हो।
लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


