काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा सामान्य अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.८५ अङ्कले बढेर २६७५ दशमलव ६२ को विन्दुमा पुगेको छ ।
मंगलबार ३१८ कम्पनीका ५९ हजार ६३३ पटकको कारोबारमा एक करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ रहेको छ ।
८५ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ । आज कर्पोरेट डेभलपमेन्ट बैङ्क, ओम मेगाश्री फर्माक्यूटीकल्स, ग्रीन डेभलपमेन्ट बैङ्क, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, पियोर इनर्जीको सेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेको छ । आज युनिभर्सल पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ ।