images
images

३५ अंकले घट्यो नेप्से, साढे ६ अर्ब माथिकाे काराेबार


  • 405
    SHARES
  • २०८२ जेठ २० गते मंगलबार

    ३५ अंकले घट्यो नेप्से, साढे ६ अर्ब माथिकाे काराेबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से ३५.७३ अंकले घटेर २६५८.९३ को विन्दुमा कायम भएको छ । यस दिन ३१५ कम्पनीको १ करोड ५४ लाख कित्ता सयर किनबेच हुँदा ६ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

    राधी हाइड्रोपावर सबैभन्दा बढी ६० करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । त्यसपछि युनिभर्सल पावर कम्पनीको ४१ करोड १५ लाख रुपैयाँ र ङादी ग्रुप पावरको ४० करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

    आज ओम मेगाश्री र पियोर इनर्जीकाे शेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

    सप्तकोशी डभेलपमेन्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा धेरै ४.८९ प्रतिशतका दरले गुमाएका छन् ।


    images

    Logo