काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज परिसूचक (नेप्से) ६.८७ अंकले घटेको छ । मंगलबार ३५.७३ अंकले घटेर २६५८.९३ विन्दुमा पúेको नेप्से आज थप ६.८७ अंकले घटेर २६५२.०६विन्दुमा पुगेको हो ।
आज कारोबारमा आएका २४८ कम्पनीहरुमध्ये ६ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ६१८१ कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य भने आज स्थिर रहेको छ ।
बजारमा रहेका १३ उपसमूहमध्ये आज इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, क्युचुअल फन्ड र ट्रेडिङ इन्डेक्सबाहेक अन्यको सूचक घटेको छ ।
नेप्से परिसूचक घट्दा पनि २ कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्ने कम्पनीहरुमा ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जी लिमिटेड रहेका छन् ।
आज बजारमा ५ अर्ब १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । उच्च कारोबार ६अरुण काबेली पावर लिमिटेडको भएको छ । यो कम्पनीको ३ करोड ६२५ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।


