images
images

बुङ्गल हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति


  • 503
    SHARES
  • २०८२ आषाढ १५ गते आइतबार

    बुङ्गल हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुङ्गल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले आइतबार बोर्डबाट आईपीओ अनुमति पाएको हो ।

    कुल ८३ लाख कित्ता सेयरमध्ये ३५ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गर्न कम्पनीले अनुमति पाएको हो । २९ लाख ५ हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन हुनेछ ।

    अंकित मूल्य १ सयका दरले कम्पनीले आईपीओ जारी गर्ने छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयका लागि आईपीओ जारी गर्नेछ । सेयर बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

    कम्पनीले बझाङमा १०.७० मेगावाट क्षमताको अपर सानिगढ जलविद्युत् आयोजना बनाउँदैछ ।


    images

    Logo