काठमाडौं । ट्रेड टावर कम्पनीको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार ट्रेड टावर र नेप्सेबीच प्रतिकित्ता १०० रुपैयाँका दरले कायम भएको ८१ लाख ५६ हजार ०९७ कित्ता सेयर सूचीकृत गर्ने सम्झौता भएको हो ।
सर्वसाधरणका लागि ३९ लाख ७१ हजार ६९३ कित्ता र कम्पनीका संस्थापक सेयर धनीका लागि ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर गरी जम्मा ८१ लाख ५६ हजार ०९७ कित्ता सेयर कम्पनीले वितरण गरेको थियो ।
मंलबार सो आईपीओ नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको कम्पनीको उक्त्त आईपीओ बुधबाटबाट नै कारोबारमा आउनेछ ।