images
images

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने


  • 270
    SHARES
  • २०८२ आषाढ ३२ गते बुधबार

    मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने
    काठमाडौँ । मङ्गलम इन्डष्ट्रिज लिमिटेडमा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले झण्डै ३८ करोड बराबरको रणनीतिक लगानी गर्ने भएको छ । सो लगानीबाट कम्पनीलाई आफ्ना कार्यसञ्चालन प्रक्रियाहरुको सुदृढीकरण गर्न, उत्पादनमा नवप्रवर्तन ल्याउन तथा नेपाल र बाहिरी बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्न मद्दत पुग्ने विश्वास ब्यक्त गरेको छ ।
     
    कम्पनीले उक्त लगानी मुख्यतः कम्पनीको वित्तीय अवस्थालाई थप मजबुत गर्न, तथा दिगोपनका साथै उत्कृष्टताको दिशामा अझ प्रतिबद्ध हुन प्रयोग गर्ने जनाएको छ ।
     
    “हामी अवसर इक्विटी डाइभर्सिफाइड फण्डलाई हाम्रो रूपान्तरण यात्रामा रणनीतिक साझेदारका रूपमा स्वागत गर्न पाउँदा खुशी छौँ”, मङ्गलम इन्डस्ट्रिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले भने, “यो लगानीले कर्मचारी, डिलर, ग्राहक तथा सम्पूर्ण सरोकारवालका लागि उत्प्रेरणा प्रदान गरेको छ ।”
     
    फण्डसँगको सहकार्यमार्फत कम्पनीले नयाँ अवसरहरूको अन्वेषण गर्ने र नवप्रबर्तन तथा गुणस्तरका नयाँ मापदण्ड तय गर्ने अपेक्षा राखेको जनाएको छ ।
     
    मङ्गलम इन्डिस्ट्रजले सिपिभिसी पाइप र फिटिङ्स उत्पादन तथा प्लम्बिङ, ड्रेनेज, फोहोरपानी र वर्षा पानी व्यवस्थापनलगायतका काम गर्दै आएको छ । 
     
    अवसर इक्विटी डाइभर्सिफाइड फण्ड नेपालकै पहिलो स्वदेशी निजी इक्विटी फण्ड हो ।  जुन विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको छ ।


    images

    Logo