काठमाडौं । माछापुच्छ्रे बैंकले बोलायो साधारणसभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले असोज १० गते, होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा बिहान ११ बजे बस्ने गरि सभा बोलाएको छ । बैंकले क्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सो सभाले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ अर्ब रुपैयाँबराबरको ८।२५ प्रतिशत माछापुच्छ्रे अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने पैस्ताव पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि बैंकले भदौ २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।