images
images

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 621
    SHARES
  • २०८२ आश्विन ७ गते मंगलबार

    दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिनकाठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कामना सेवा विकास बैंक र यूनिभर्सल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो।

    यी कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि असोज ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । तसर्थ असोज ७ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउनेछन् । 

    कामना सेवा विकास बैंकले असोज २४ गते,  लिसारा रिसेप्शन, भगवती बहाल, नक्साल, काठमाडौँमा बिहान ११ बजे बस्नेगरी वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनकालागि ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    त्यस्तै, यूनिभर्सल पावर कम्पनीले असोज २३ गते दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यू, तीखेदेवल, ललितपुरमा बिहान १० बजे बस्नेगरी साधारण सभा बोलाएको छ। सो सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४७३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

    यस अनुसार असोज ७ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।

     


    images

    Logo