images
images

नेप्से ५८.६३ अंकले बढ्यो, ५ अर्ब २९ करोडको कारोबार


  • 153
    SHARES
  • २०८२ आश्विन ७ गते मंगलबार

    नेप्से ५८.६३ अंकले बढ्यो, ५ अर्ब २९ करोडको कारोबार

    काठमाडौँ- आज नेप्सेमा वृद्धि भएको छ । मंगलबार नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा पुगेर रोकिएको छ ।

    आज ३२८ कम्पनिका १ करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर ५ अर्ब २९ करोड २७ लाख ७३ हजार ९२५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा वृद्धि भएको छ ।  

    आज सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज प्रभु स्मार्ट फन्डको सबैभन्दा बढी ४.३० प्रतिशतले गिरावट आएको छ । 

    त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३८ करोड ६८ लाख बराबरको कारोबार भएको छ भने युनिभर्सल पावरको १८ करोड ३० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


    images

    Logo