images
images

सिटि होटलको हकप्रद शेयरमा आवेदन दिने समय थपियो


  • 360
    SHARES
  • २०८२ आश्विन १२ गते आइतबार

    सिटि होटलको हकप्रद शेयरमा आवेदन दिने समय थपियो

    काठमाडौं । सिटि होटलको हकप्रद शेयरमा आवेदन दिने समय थपिएको छ । कम्पनीको हकप्रद शेयरमा अब असोज २६ गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले भदौ २३ गतेदेखि हकप्रद निष्काशन गरेको थियो । 

    कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ।जस अनुसार कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको छ।

    हकप्रद निष्काशन प्रयोजनाका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। जस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 


    images

    Logo