images
images

नेप्से ३०.७५ अंकले बढ्यो, ९ अर्ब २० करोडको कारोबार


  • 232
    SHARES
  • २०८२ कार्तिक १६ गते आइतबार

    नेप्से ३०.७५ अंकले बढ्यो, ९ अर्ब २० करोडको कारोबार

    काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सेयर कारोबारको आज पहिलो दिन अधिकांश कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । आइतबार नेप्सेमा ९ अर्ब २० करोड ३१ लाख ४६ हजार रुपैयाँको सेयर कारोबार हुँदा ३०.७५ अंकले नेप्से बढेको हो ।

    नेप्सेमा आज कारोबार भएकामध्ये २०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा र ४२ वटा कम्पनीको सेयर मूल्य घट्दा नेप्से परिसूचक २६३१.१४ बिन्दुमा पुगेको छ । तर, आज ३ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

    आज नेप्सेमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने खानीखोला हाइड्रोपावरको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा व्यापार समूहको उपसूचक बाहेक सबै उपसूचक हरियाली बनेको छ ।


    images

    Logo