काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सो लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।