images
images

भुजुङ्ग हाइड्रोपावरको आईपीओ माघ १२ गतेदेखि


  • 479
    SHARES
  • २०८२ माघ २ गते शुक्रबार

    भुजुङ्ग हाइड्रोपावरको आईपीओ माघ १२ गतेदेखि

    काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ माघ १२ गतेदेखि निष्काशन हुँदैछ। कम्पनीले दोस्रोचरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । यसमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यसअघि नै निष्काशन भइसकेको छ ।

    अब कम्पनीले कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी ८ करोड ३० लाख रुपैयाँ बराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । 

    आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सो निष्काशन छिटोमा माघ १५ गते र ढिलोमा माघ २६ गते बन्द हुने कम्पनीले जनाएको छ । 

    आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।


    images

    Logo