images
images

एसियाली खेलकुदमा करातेबाट तेन्जिङले दिलाए पहिलो पदक


  • 83
    SHARES
  • २०८३ आश्विन ७ गते बुधबार

    एसियाली खेलकुदमा करातेबाट तेन्जिङले दिलाए पहिलो पदक

    काठमाडौँ, ७ असोजः जापानमा जारी २०औँ एसियाली खेलकुदमा कराते खेलाडी तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन्। तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जित्दै प्रतियोगितामा नेपालको पदकको खाता खोलेका हुन्।

    जापानको टोयाहाशी जिम्नेसियममा आज भएको कास्य पदकको भिडन्तमा तेन्जिङले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गरे। जितसँगै उनले नेपालका लागि जारी प्रतियोगिताको पहिलो पदक पक्का गरेका हुन्।

    तेन्जिङ यसअघि सेमिफाइनलमा इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।

    नेपालले प्रतियोगिताका विभिन्न खेलमा प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेको थिएन। तेन्जिङको कास्यसँगै नेपालले २०औँ एसियाली खेलकुदमा पहिलो पदक हात पारेको हो।




    images
    images

    Logo