काठमाडौं । दोस्रो बजारमा सूचीकृत सोल्टी होटल लिमिटेड १३ करोड रुपैयाँले घाटामा गएको छ । सो होटलले प्रकाशित गरेको वित्तीय रिपोर्टले होटल ९ महिनामा १३ करोड ६६ लाख रुपैयाँ नोक्सानमा गएको हो । अघिल्लो वर्ष यो होटल करिब १४ करोड रुपैयाँ नाफामा थियो ।
अहिले सो होटलको चुक्ता पुँजी ८४ करोड २५ लाख रुपैयाँ छ । यो चुक्ता पुँजीका आधारमा होटल १६.२० प्रतिशत नोक्सान हो । १० रुपैयाँ अंकित मूल्य भएको होटलको शेयरको आधारमा यो प्रतिशेयर १.६२ रुपैयाँ नोक्सान हो ।
अहिले १ सय ९१ रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो समयमा होटलको शेयरमूल्य निरन्तर घट्ने क्रममा रहेको छ ।