काठमाडौं । २६ कम्पनीको ७ अर्ब २६ करोड रुपैयाँ बराबरको आईपीओ आउँदैछ । ती कम्पनीहरुले ६ करोड ५९ लाख कित्ता शेयर जारी गर्न दिएको आवेदनलाई नेपाल धितोपत्र बोर्डले पाइपलाइनमा राखेको छ । सेबोनबाट स्वीकृति प्राप्त भएपछि मात्र आईपीओका लागि थप प्रक्रिया अघि बढ्ने छ ।
तीमध्ये २० वटा जलविद्युत, ३ लघुवित्त, २ फाइनान्स र १ अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायले स्थानीय र बाँकीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ ।
सान्जेन जलविद्युत कम्पनी र रसुवागढी जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई मात्रै आईपीओ निष्कासनको अनुमति मागेका छन् । यी दुई कम्पनीले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्कासन गरिसकेका छन् ।
रसुवागढी हाइड्रोपावर कम्पनी ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १ सय कित्ता र सान्जेन जलविद्युत कम्पनीले ३६ लाख ५० हजार कित्ता बराबरको ३६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्न माग गरेका छन् ।
उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता, सिवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता र आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्कासन गर्न माग गरेका छन् ।
रिलायवल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ थप गरी प्रतिकित्ता २१२ रुपैयाँको दरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्न माग गरेका छन् ।
यस्तै आइएमई लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्नेछ । त्यस्तै, डिस मिडिया नेटवर्कले करिब २४ करोडको रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।
यस कम्पनीको शेयर निष्काशनको लागि २०७७ साल असारमा यो कम्पनीले आबेदन दिएको थियो २०७७ साल असोजमा कम्पनीलाई धितोपत्र बोडले कमेन्ट पठाएको थियो तर यो कम्पनीले आजसम्म पनि कुनै जबाफ दिएको छैन् । बोर्डले अनुमति दिएपछि कम्पनीले २३ करोड ८५ लाख ९२ हजार रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्न माग गरेका छन् ।
धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति नहुँदा आईपीओ अनुमति प्रक्रिया रोकिएको थियो । सोही कारण पाइपलाइनमा रहेका कम्पनीको संख्या दुई दर्जन नाघेको हो । अहिले अध्यक्ष नियुक्ति भएपछि आवेदन दिएका कम्पनीलाई आईपीओ निष्कासन प्रक्रिया तीव्र रुपमा अगाडि बढाइएको बोर्डले जनाएको छ ।
| S.N | Company name | No.Of share | Amount of share |
| 1 | Molung Hydropower Company Ltd. | 3,531,000 | 353,100,000 |
| 2 | Reliable Life Insurance Ltd. | 6,000,000 | 1,272,000,000 |
| 3 | Three Star Hydropower Ltd | 1,231,250 | 123,125,000 |
| 4 | Kutheli Bukhari Small Hydropower Ltd | 243,735 | 24,373,500 |
| 5 | Adarsha Laghubitta Bittiya Sanstha Ltd | 60,000 | 6,000,000 |
| 6 | Sikles Hydropower Limited | 2,000,000 | 200,000,000 |
| 7 | Supermai Hydropower Ltd | 1,000,000 | 100,000,000 |
| 8 | Sanjen Jalavidhyut Co. Ltd. | 3,650,000 | 365,000,000 |
| 9 | Eastern Hydropower Ltd. | 1,240,000 | 124,000,000 |
| 10 | Asian Hydropower Ltd. | 1,180,000 | 118,000,000 |
| 11 | Rasuwagadhi Hydropower Company Ltd | 6,842,100 | 684,210,000 |
| 12 | People's Power Ltd | 3,099,740 | 309,974,000 |
| 13 | Dish Media Network Limited | 2,385,929 | 238,592,900 |
| 14 | IME Life Insurance Co Ltd. | 6,000,000 | 600,000,000 |
| 15 | Mandakini Hydropower Ltd. | 1,764,110 | 176,411,000 |
| 16 | Bindhyabasini Hydropower Development | 2,500,000 | 250,000,000 |
| 17 | Himalayan Hydropower Limited | 2,250,000 | 225,000,000 |
| 18 | Dordi Khola Jalbidhyut Co. Ltd | 2,951,929 | 295,192,900 |
| 19 | Upper Solu Hydro Electric Company | 3,307,500 | 330,750,000 |
| 20 | Upper Hewakhola Hydropower Co. Ltd | 2,000,000 | 200,000,000 |
| 21 | Upakar Laghubitta Bittiya Sanstha Ltd | 266,250 | 26,625,000 |
| 22 | Sayapatri Hydropower Ltd. | 900,000 | 90,000,000 |
| 23 | Rapti Hydro and General Construction | 2,941,410 | 294,141,000 |
| 24 | River Falls Power Ltd | 3,430,000 | 343,000,000 |
| 25 | Cyc Nepal Laghubitta Bittiya Sanstha Ltd | 395,336 | 39,533,600 |
| 26 | Swetganga Hydropower and Construction | 4,779,000 | 477,900,000 |
| Total | 65,949,289 | 7,266,928,900 |


