काठमाडौं । ग्रीन भेञ्चरकाे साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित तथा स्थानीयवासीका लागि निष्काशन गरेको आईपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित तथा स्थानीयवासीका लागि फागुन २ गतेदेखि ३१ लाख २५ हजार कित्ता आईपीओ खुला गरेको थियो । रामेछाप र ओखलढुंगाको सीमामा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
यो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ ।
सो कम्पनीको प्रतिशेयर लागत मूल्य २३ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको पेब्याक पिरियड ७.९१ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड ११.५७ वर्ष रहेको छ ।


