images
images

ग्रीन भेञ्चरको आईपीओ चैत ८ गतेदेखि


  • 755
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    ग्रीन भेञ्चरको आईपीओ चैत ८ गतेदेखि

    काठमाडाैं । ग्रीन भेञ्चरको आईपीओ चैत ८ गतेदेखि आउने भएको छ । कम्पनीले सर्वसाधारण शेयरधनीका लागि छुट्याएको ३१ लाख २५ हजार कित्त शेयर निष्काशन गर्न लागेको हो । 

    निष्काशन गरिने शेयरमध्ये ९३ हजार ७ सय ५० कित्ता शेयर कर्मचारीका लागि र १ लाख ५६ हजार कित्ता शेयर सामुहिक लागानी कोषको लागि  छुट्याएको छ । र बाँकी २८ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणको लागि वितरण हुनेछ । 

    उक्त आईपीओमा छिटोमा चैत ११ गते र ढिलोमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ।

    इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

     


    images

    Logo