काठमाडौं । शिखर इन्स्योरेन्सले हकप्रद शेयर आज देखि निष्कासन गरेको छ । । सो कम्पनीकले मंगलबार १ः०।३ अनुपातको दरले हुन आउने हकप्रद शेयर निष्कासन गरेको हो ।
कम्पनीले ५२ करोड ७५ लाख रुपैयाँ बराबरको ५२ लाख ७५ हजार कित्ता हकप्रद शेयर जारी गरेको छ । माघ २० गतेसम्म दोस्रो बजारमा शेयर कायम भएकाहरु शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयर निष्कासनमा आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रद शेयरमा चैत १ गतेदेखि चैत २१ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रदका लागि सीआश्वा सेवा भएका सम्बन्धित बैंक वा तोकिएको काउन्टरबाट समेत आवेदन दिनसक्ने जनाइएको छ ।
हकप्रद शेयर निष्काशनको लागि कम्पनीले एनआईबीएल एस क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ ।


