काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ २० गते आइतबार बाडँफाडँ हुने भएको छ । विक्री प्रबन्धक लक्ष्मी क्यापिटलले आइतबार विहान ८ बजे आफ्नै कार्यालय बानेश्वर ,काठमाडौंमा आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको छ । प्रि अलोटमेन्टको कार्यक्रम भने मंगलबार नै सम्पन्न गरेको थियाे ।
कम्पनीले चैत ८ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । उक्त कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको २८ लाख ७५ हजार कित्ता शेयर बाँडफाँट गर्नेछ । कम्पनीले सर्वसाधारणका कुल ३१ लाख २५ हजार कित्ता शेयर छुट्याएको हो । कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानीकोषहरुका लागि बाँडफाँट गरिसकेको छ भने ३ प्रतिशत अर्थात् ९३ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरेको छ ।


