काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३५.६६ अंकले बढेर २ हजार ४ सय ६४ दशमलव ३१ मा पुगेको छ । आज कारोवार रकममा पनि वृद्धि भएको छ । २ सय २४ कम्पनीको २ अर्ब १२ करोड बराबरको ५४ लाख ४४ हजार कित्ता किनबेच भएको छ ।
आज कारोवारमा आएका १३ समुहको परिसुचकमध्ये १३ समुहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी अन्य सुमहका लगानीकर्ता कमाएका छन् । यसको समुहको ३.५९ प्रतिशतले बढेको छ । त्यस्तै, दोस्रो धरै कमाउने समुह टेडिङ सुमहका लगानीकर्ता कमाएका छन् यसको समुहको २.६२ प्रतिशतले बढेको छ ।आज अन्य समुहमध्ये टेलिकमको शेयर मुल्यमा वृद्धि भएको छ । यस समुहको ४ करोड ५३ लाख रुपैयाँ बराबरको कारोवार भएको हो ।
आज २ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा हिमालयन पावर पार्टनर र नेष्डा समृद्ध लघुवित्त रहेको छ ।


