images
images

दुई कम्पनीले पायो आईपीओ अनुमति, कुन कम्पनीको कति कित्ता ?


  • 711
    SHARES
  • २०७८ चैत्र २८ गते सोमबार

    दुई कम्पनीले पायो आईपीओ अनुमति, कुन कम्पनीको कति कित्ता ?

    काठमाडौं । दुई कम्पनीले शेयर (आइपिओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बिन्ध्यबासिनी हाइड्रोपवार डेभलपमेन्ट कम्पनी र दोर्दीखोला जलविद्युत कम्पनीलाई आइपिओ जारी गर्न स्वीकृति दिएको हो ।

    बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात् २५ लाख कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीले स्थानिय र सर्वसाधारणलाई सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले चैत २५ गते आइपीओ निष्काशनको अनुमति पाएको हो । यो आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । 

    त्यस्तै, दोर्दीखोला जलविद्युत कम्पनीले जारी पुँजीको २८ प्रतिशत अर्थात् २९ लाख ५१ हजार ९ सय २९ कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीले स्थानिय र सर्वसाधारणलाई सेयर निष्काशन गर्न लागेको छ । कम्पनीले चैत २८ गते आइपिओ निष्काशनको अनुमति पाएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 


    images

    Logo