काठमाडौं । नेप्से सूचक फेरि २४ सय विन्दुमुनि आइपुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.७८ अंकले घटेर २ हजार ३ सय ५८ दशमलव २ मा पुगेको छ । आज २ सय ३७ कम्पनीको १ अर्ब ५२ करोड बराबरको ३७ लाख ८३ कित्ता शेयर किनबेच भएको छ । आज कारोवारमा आएका १३ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ३३ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज कारोवारमा आएका १३ कम्पनीको परिसुचकको समुह मध्ये होटल एण्ड टुरिजम बाहेक सबै कम्पनीको परिसुचक राताम्मे भएका छन् । आज सबैभन्दा धेरै हिमालयन ठिष्टिलरीको शेयर कारोबार भएको छ । कम्पनीको ५ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, नविल बैंकको ४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । निफ्राको ३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ३१४ रुपैयाँ कायम भएको छ ।
त्यसैगरी आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । एनआइसी एशिया सेलेक्ट फण्डका इकाईधनीले ३ दशमलव ५३ प्रतिशतका दरले कमाएका छन् । प्राइम डिवेञ्चरका इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् ।
मंगलबार शेयर बजार घट्दा पनि एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा नेष्डो समृद्ध लघुवित्त रहेको छ ।


