काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०२ अंकले बढेर २ हजार ४ सय १५ दशमलव ३ मा पुगेको छ । आज २ सय २९ कम्पनीको १ अर्ब ४३ करोड बराबरको ३२ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ ।
बुधबार कारोवार आएका १३ समुहको परिसुचकमा सबै समुहहरु बढेका छन् । आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ सो कम्पनीको ८ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ५ करोड २ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।
आज कारोवारमा आएको एक कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा नेष्डो समृद्ध लघुवित्त रहेको छ ।


