images
images

सिवाईसी नेपाल लघुवित्तको ३ लाख ९५ हजार कित्ता आईपीओ आजदेखि


  • 645
    SHARES
  • २०७९ बैशाख २ गते शुक्रबार

    सिवाईसी नेपाल लघुवित्तको ३ लाख ९५ हजार कित्ता आईपीओ आजदेखि

    काठमाडौं । सिवाईसी नेपाल लघुवित्तको आईपीओ आजदेखि खुल्दैछ । लघुवित्तले  कुल ३ लाख ९५ हजार ३ सय ३६ कित्ता शेयरका लागि शुक्रबारदेखि आवेदन खुला गर्ने भएको हो । यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७ सय ६६ कित्ता सामुहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

    त्यस्तै, सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४ सय ८८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यसका लागि छिटोमा वैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म  आवेदन खुला रहने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । यो अवधिमा शेयर बिक्री नभए  शेयर सर्वसाधारण शेयरधनीलाई थप गरेर बिक्री गरिने कम्पनीले जनाइएको छ । 

    उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्।


    images

    Logo