काठमाडौं । नेपाल स्टक एक्चेञ्जन(नेप्से) ३४.९५ अंकले घट्दा २ हजार ३ सय ८६ दशमलव १ विन्दुमा झरेको छ । हिजो लगभग ९६ अंकले बढेको थियो भने आज शेयर बजार आज खुलेलेखिनै घट्दै घट्ने कंम जारी भएको हो । आज कारोवारमा आएका २ सय ३९ कम्पनीको २ अर्ब ४ करोड बराबरको ५० लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ ।
आज कारोवारमा आएका १३ समुहका परिसुचक मध्ये होटल एण्ड टुरिजम र म्युचुअल फण्ड बाहेक सबै समुहका परिसुचक घटेका छन् । होटल एण्ड टुरिजमको ०.१३ प्रतिशतले बढेको छ भने म्युचुअल फण्डको ०.८२ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् ।
आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावरको भएको छ यस कम्पनीको ८ करोड ११ हजार रुपैयाँ बराबरको कारोवार भएको छ । त्यस्तै, दोस्रो स्थानमा शिवम सिमेन्ट रहेको छ यसको ६ करोड ६२ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । आज शेयर बजार घट्दा पनि जालपा समुदायिक लघुवित्तको ९.९९ प्रतिशतले बढेको छ ।


