काठमाडौं । एनसीसी बैंकले लाभांश घोषणा गरेको छ । शनिवार बसेको बैंकको सञ्चालक समितिको बैंठकले सो निर्याय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८।७९ को नाफाबाट चुक्त पुन्जीको ३.३६६३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७.६३३७ प्रतिशत जगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी साधारणसभाले परित गरे पश्चात वितरण गरिने छ ।