काठमाडौं । ग्लोबल आइएई बैंकले साधारणसभा बोलाएको छ । कात्तिक २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले मंसिर २३ गते सिल्भर ओक बैंक्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौंमा बिहान १० बजे बस्नेगरि साधारणसधा बोलाएको छ । सो सभामा बैंकले प्रस्ताव गरेको ३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १०.६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै सो सभामा बैंक अफ काठमाण्डू लिमिटेडसँगको मर्जर प्रस्तावलाई पारित गर्ने, शेयर स्वाप रेसियो १ः१ अनुपातमा गर्ने, लेखा परीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डाहरु रहेका छन् ।
सो सभा प्रयोजनका लागि बैंकले मंसिर ७गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।