काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारणसभा बोलाएको छ । बिशीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले मंसिर २५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा दिउसो १ बजे बस्नेगरि साधारणसधा बोलाएको छ । सो सभामा बैंकले प्रस्ताव गरेको १६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, लेखापरीक्षण नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
सो सभा प्रयोजनका लागि बैंकले मंसिर ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्रै बैंकको साधारणसभामा सहभागि हुन र बैंकले प्रस्ताव गरेको लाभांश लिन पाउनेछन् ।