काठमाडौं । शेयर बजारमा लगानी गर्ने लगानीकर्ताको सम्पत्ति एकै वर्ष १ सय २३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष असार मसान्तमा बजारको पुँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ थियो । यो वर्षको असार मसान्तमा आइपुग्दा यस्तो पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ पुगेको छ ।
यो अवधिमा शेयर बजारको कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ मा वर्षदिनभरमा भएको कारोबारमा १ खर्ब ४४ अर्ब रुपैयाँ शेयर कारोबार भएकोमा आर्थिक वर्ष २०७७/७८ मा यस्तो कारोबार रकम बढेर १४ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ ।
त्यसो त यो वर्ष शेयर बजारमा सूचीकृत भएको शेयरको संख्या पनि उल्लेख्य रुपमा बढेको छ । अघिल्लो वर्ष ४ अर्ब ६२ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत थियो । यस्तो संख्या यो वर्ष बढेर ५ अर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ ।
यतिबेला शेयर बजारमा ८ लाख ७७ हजार ग्राहक छन् । त्यसमध्ये ७ लाख ९१ हजारले अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिएको नेप्सेले जनाएको छ ।



