काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ( नेप्से) ५२.२१ अंकले बढ्दा २ हजार ५ सय ६६ दशमलव ७९ अंकले बढेको छ । आज २ सय २६ कम्पनीको २ अर्ब ९१ करोड बराबरको ५६ लाख १० हजार कित्ता बराबरको शेयर कारोवार भएको छ ।
आज काराबारमा आएका १३ समुहको परिसुचक मध्ये १२ कम्पनीमा हरियाली छाएको छ भने अन्य कम्पनी राताम्मे भएको छ । आज शेयर बजार बढ्दा सबैभन्दा बढी फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने अन्य कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
फाइनान्सको ५.०६ प्रतिशतले बढेको छ भने विकास बैंक, हाइड्रोपावर, लगानीको समुहले ४ प्रतिशत भन्दा बढी प्रतिशतले कमाएका छन् । अरु बाँकी रहेका समुहहरुको लगानीकर्ताले ४ प्रतिशत भन्दा कम कमाएका छन् भने अन्य समुहको लगानीकर्ताले ०.०४ प्रतिशतले गुमाएका छन् ।


