काठमाडौं । आज शेयर बजार खुलेको २० मिनेटमा २८.०२ अंकले बढेर २ हजार ५ सय ९४ दशमलव ९२ अंकमा पुगेको छ ।
यो समाचार तयार पर्दासम्म १ सय ८७ कम्पनीको ४५ करोड २८ लाख बराबरको ८ लाख ४७ हजार कित्ता कारोबार भएको छ । १ सय ४४ कम्पनीको शेयर मुल्य बढेको छ भने १९ कम्पनीकोे शेयर मुल्य घटेको छ ।