काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । बजार खुलको ३ घण्टामा नेपाल स्टक एक्सञ्चेज अनुसार ९६.४५ अंकले बढेर २ हजार ६ सय ६३ दशमलव ३४ पुगेको हो । २ सय २६ कम्पनीको ३ अर्ब ४८ करोड बराबरको ६ लाख ४२ हजार कित्ता शेयर किनबेच भएको छ ।
यो समाचार तयार पर्दा सम्म १ सय ९१ कम्पनीको मुल्य बढेको छ भने १ कम्पनीको मुल्य घटेको छ ।
आज शेयर बजारमा सानिमा लाईफ इन्स्योरेन्सको १० प्रतिशतले बढको छ भने कर्पोरेट डेभलपमन्ट बैंकको करिव १० प्रतिशतले बढेको हो । त्यस्तै, एशियन लाईफ इन्स्योरेन्सको ९.८१ प्रतिशतले बढेको हो भने हिमालयन विकार उर्जा कम्पनीको ९.३१ प्रतिशतले बढेको छ ।


