images
images

शेयर बजारमा लगातार गिरावट, २४ सयको लाइनमा पुग्यो परिसूचक


  • 309
    SHARES
  • २०७८ चैत्र २१ गते सोमबार

    शेयर बजारमा लगातार  गिरावट, २४ सयको लाइनमा पुग्यो परिसूचक

    काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  १४.८८ अंकले घट्दा २ हजार ४ सय ९८ दशमलव ५३ मा पुगेको छ । सोमबार कारोवार रकममा भने बृद्धि भएको छ । आज २ सय २६ कम्पनीको १ अर्ब ५८ करोड बराबरको ३४ लाख २९ हजार कित्ता किनबेच भएको छ । 

    आज कारोवारमा आएका सबै परिसुचकको समुहहरु घटेका छन् । आज सबैभन्दा बढी कारोवार इमर्जिङ नेपालको भएको छ । यस कम्पनीको ६ करोड ३९ लाख रुपैयाँको बराबरको कारोबार भएको हो । त्यस्तै, नबिल बैंकको ५ करोड ६७ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । 

    त्यस्तै, आज ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र इमर्जिङ नेपाललको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हो । 


    images

    Logo