images
images

२७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, रामघाटमा सेती नदी थुनिएर ताल बन्यो


  • 86
    SHARES
  • २०८३ आश्विन १० गते शनिबार

    २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम, रामघाटमा सेती नदी थुनिएर ताल बन्यो

    काठमाडौं । देशका विभिन्न नदी तथा खोलामा जलसतह बढेसँगै आज २७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार बिहानको मापनमा कोशी, नारायणी तथा तिनका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बागमती, पश्चिम राप्ती, बबईलगायत नदीमा भने बहाव सतर्कता तह नजिक रहेको छ।

    आज गोरखा, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, डोल्पा, जाजरकोट, रुपन्देही, कपिलवस्तु, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, मुगु, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डोटी, हुम्ला र डडेल्धुरामा आकस्मिक बाढीको जोखिम उच्च रहेको महाशाखाले जनाएको छ।

    यी जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भएकाले तटीय तथा नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। अन्य केही जिल्लामा पनि बाढीको मध्यम जोखिम रहेको जनाइएको छ।

    यसैबीच, पोखराको मध्यभागस्थित रामघाटमा सेती नदी थुनिएर ताल बनेको छ। लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेपछि साँघुरो निकासका कारण रामघाट क्षेत्रमा पानी जमेर ताल बनेको हो।

    रामघाटमा नदी थुनिएर ताल बनेपछि कास्की प्रशासनले सेती नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। प्रशासनले नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन भनेको छ।

    826967844_122234245358355476_5598976100285916879_n-1790399457.jpg


    images
    images

    Logo